नेपाली कांग्रेस सुनसरीको सभापतिमा भण्डारी विजयी « Khabarhub

नेपाली कांग्रेस सुनसरीको सभापतिमा भण्डारी विजयी


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेपाली कांग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एक हजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एक हजार तीन सय नौ मत पाएका थिए ।

उपसभापतिमा पनि इतर पक्षकै नगेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका मनोजकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्गतर्फ महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहेता र देवेन्द्र पौडेल विजयी भएका छन् । भण्डारीले दुई कार्यकाल जिल्ला सचिव बनेर काम गरिसकेका छन् ।

सुनसरीको चार निर्वाचन क्षेत्र मध्ये तीनमा संस्थापन पक्षले हार ब्यहोरेको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारको चुनावी क्षेत्रमासमेत क्षेत्रीय सभापतिमा संस्थापन इतर समूह विजयी भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : १० बजे

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १०

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट