नेपाली कांग्रेस सुनसरीको सभापतिमा भण्डारी विजयी | Khabarhub Khabarhub

नेपाली कांग्रेस सुनसरीको सभापतिमा भण्डारी विजयी


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेपाली कांग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एक हजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एक हजार तीन सय नौ मत पाएका थिए ।

उपसभापतिमा पनि इतर पक्षकै नगेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका मनोजकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्गतर्फ महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहेता र देवेन्द्र पौडेल विजयी भएका छन् । भण्डारीले दुई कार्यकाल जिल्ला सचिव बनेर काम गरिसकेका छन् ।

सुनसरीको चार निर्वाचन क्षेत्र मध्ये तीनमा संस्थापन पक्षले हार ब्यहोरेको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारको चुनावी क्षेत्रमासमेत क्षेत्रीय सभापतिमा संस्थापन इतर समूह विजयी भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : १० बजे

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु