सहिद स्मारक लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटीले अंक बाँडे « Khabarhub

सहिद स्मारक लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटीले अंक बाँडे


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही सुन्दर अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए ।

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको बीबीसी तालिकाको चौथो स्थानमा उक्लिएको छ । बीबीसीले पहिलो खेलमा विभागीय टोली एपिएफ क्लबलाई ३-२ ले पराजित गरेको थियो ।

त्यस्तै दुई खेलबाट एक अंक जोडेको एनआरटी भने तालिकाको १२औं स्थानमा छ । एनआरटी पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग २-१ ले पराजित भएको थियो ।

स्टेफेन बिनोङले ४३औं मिनेटमा पेनाल्टी बक्सको बायाँतर्फबाट गरेको क्रसलाई दर्शन गुरुङले पोस्टको दिशा दिन नसक्दा एनआरटीले अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

बीबीसीका दिनेश राईले ४९औं मिनेटमा १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोकेका थिए । बीबीसीका दिनेशले ६६औं मिनेटमा प्रहार अजितले पुनः विफल पारिदिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : २५ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम