कांग्रेस महाधिवेशनको चुनावी कार्यक्रम सार्वजनिक « Khabarhub

कांग्रेस महाधिवेशनको चुनावी कार्यक्रम सार्वजनिक


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको चुनावी कार्यक्रम सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गते सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेसुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिने छ । उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने छन् ।

यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख छ । मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : १५ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान