धनुषाका तीन क्षेत्रमा कांग्रेस नेतृत्व सर्वसम्मत « Khabarhub

धनुषाका तीन क्षेत्रमा कांग्रेस नेतृत्व सर्वसम्मत


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाका चार मध्ये तीन वटा क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ ।

धनुषा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर १, ३ र ४ मा क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न भएको हो । क्षेत्र नम्बर २ को अधिवेशन हुन अहिले बाँकी नै रहेको छ । क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन आइतबार नै धिरेन्द्र निधीलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको थियो ।

सोमबार क्षेत्र नम्बर १ र ४ को अधिवेशन सम्पन्न भएको हो । क्षेत्र नम्बर १ मा जीतनारायण यादवलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको छ ।

त्यसैगरी, महाधिवेशन प्रतिनिधिमा कांग्रेस नेता आन्नद ढुङगना, उनकी पत्नी पदमा ढुङगना, प्रेमकिशोर साह, भोला परियार, लियाकत राईन, हरिनारायण साह, मनहरी श्रेष्ठ, प्रदीप यादवलगायत २५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको सबैला नगरपालिकाका मेयर विजय शंकर साहले जानकारी दिए ।

त्यसैगरी, क्षेत्र नम्बर ४ मा कुमरकान्त झालाई क्षेत्रीय सभापतिमा चयन गर्दै क्षेत्रीय अधिवेशन सोमबार सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेन्द्र यादव, पूर्व सांसद चन्द्रमोहन यादव, योगेन्द्र पजियार, समीर घिमिरे, वासुलाल महतो, राजकुमार महतो, इव्राहिम राईन, वीरेन्द्र साह, नबल यादव, बुलन यादव, सन्तोष यादव, कोमलकान्त झा, मनोज मिश्र, तुल्सा आचार्य, सरूँ लामा, रचना माथेमालगायत नेता सर्वसम्मत चयन भएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेन्द्र यादवले क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन बिना विवाद सर्वसम्मत सम्पन्न भएको बताए ।

क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनसमेत सर्वसम्मतको प्रयास भइरहेको कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामकृष्ण यादवले बताए । क्षेत्रीय अधिवेशन सर्वसम्मत गरिने विषयमा आन्तरिक सहमति भइसकेको र मंगलबार त्यो मूर्तरूप लिने नेता यादवले बताए ।

श्रोतका अनुसार क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन सर्वसम्मत गराउन कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, जिल्ला अध्यक्ष महेश शंकर गिरी, जिल्ला सचिव विश्वेश्वर यादवलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ३० बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको