निक्षेप सात अर्बले घट्दा कर्जा १४ अर्बले बढ्यो « Khabarhub

निक्षेप सात अर्बले घट्दा कर्जा १४ अर्बले बढ्यो


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कूल रु सात अर्बले घटेको छ ।

सङ्घका अनुसार यही मङ्सिर ३ गते रु ४२ खर्ब २६ अर्ब रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४२ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै मङ्सिर ३ गतेसम्म रु ४० खर्ब ४१ अर्ब बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४० खर्ब ५५ अर्ब बराबरको लगानी गरेका छन् । यस आधारमा एक सातामा नै रु १४ अर्ब बराबरको कर्जा लगानी भएको देखिन्छ ।

गत साउन पहिलो साता रु ४१ खर्ब ५८ बराबर रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४१ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा रु ३७ खर्ब ६ अर्ब रहेको कर्जा मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४० खर्ब ५५ अर्ब पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।

गत असोज ३१ गतेसम्म सबैभन्दा बढी रु ४२ खर्ब ६९ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ४० बजे

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा