निक्षेप सात अर्बले घट्दा कर्जा १४ अर्बले बढ्यो « Khabarhub

निक्षेप सात अर्बले घट्दा कर्जा १४ अर्बले बढ्यो


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कूल रु सात अर्बले घटेको छ ।

सङ्घका अनुसार यही मङ्सिर ३ गते रु ४२ खर्ब २६ अर्ब रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४२ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै मङ्सिर ३ गतेसम्म रु ४० खर्ब ४१ अर्ब बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४० खर्ब ५५ अर्ब बराबरको लगानी गरेका छन् । यस आधारमा एक सातामा नै रु १४ अर्ब बराबरको कर्जा लगानी भएको देखिन्छ ।

गत साउन पहिलो साता रु ४१ खर्ब ५८ बराबर रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४१ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा रु ३७ खर्ब ६ अर्ब रहेको कर्जा मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४० खर्ब ५५ अर्ब पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।

गत असोज ३१ गतेसम्म सबैभन्दा बढी रु ४२ खर्ब ६९ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ४० बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले