सिरहामा जारी निषेधाज्ञा हटाइयो « Khabarhub

सिरहामा जारी निषेधाज्ञा हटाइयो


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा : सिरहामा जारी निषेधाज्ञा हटाइएको छ।

जिल्लाको अवस्था सामान्य बन्दै गएपछि आज (बुधबार) बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन्।

औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा स्थानीय युवा मिथिलेश यादव पक्राउ परेपछि सिके रावत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरेको थियो ।

आन्दोलनका क्रममा जनमत पार्टीका १८ कार्यकर्ता पक्राउ परेका थिए । उनीहरुलाई स्थानीय प्रशासन र यादवलाई जिल्ला अदालत धनुषाको आदेशमा हिजै रिहा गरिएको छ ।

औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : २५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको