अस्थिर बन्दै सेयर बजार « Khabarhub

अस्थिर बन्दै सेयर बजार


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ ।

सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् ।

लामो समय घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साता मंगलबारदेखि उच्च अंकले बढ्न थाल्यो । नेप्से सूचक २३ सयको लाइनमा झरिसकेको अवस्थामा मंगलबार ५६, बुधबार ९२ र बिहीबार १२ अंकले बढेर गत साता नेप्से सूचक २५२० अंकमा पुगेर बन्द भएको थियो ।

यो साताको पहिलो दिन आइतबार पनि ७१ अंकले बढेको नेप्से दुई दिनमा त्यति नै अंकले घट्यो । नेप्से सोमबार ६९ र मंगरबा २ अंकले घट्यो ।

बुधबार फेरि नेप्से पाँच दशमलव ५१ अंकले वृद्धि भई २५२४ दशमलव ४० अंकमा पुगेर बजार बन्द भएको छ । यसदिन २२८ कम्पनीको ५६ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार बैंकिङ, हाइड्रोपावर, होटल्स तथा टुरिजम, निर्जीबन बीमा, उत्पादन, लघुवित्तलगायतका समूहगत परिसूचक सकारात्मक देखिएका छन् ।

चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र व्याजदर वृद्धिले सेयर बजार प्रभावित हुन थालेको छ । सँगसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारमा झनै नकारात्मक प्रभाव पर्‍यो ।

पछिल्लो समय बजारमा प्रभाव पर्ने गरी कुनै नीतिगत परिवर्तन या कम्पनीको वित्तीय विवरणमा असर नपरेपनि सेयर लगानीकर्ताहरू बजार मनोविज्ञानबाट प्रभावित भइरहेको छन् । सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध नभएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेयर बजारप्रतिको टिप्पणीले समेत बजार प्रभावित हुन थालेको देखिन्छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ३ : ३५ बजे

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ