माओवादी महाधिवेशन : ११ वटा समूहले निष्कर्ष प्रस्तुत गरे, बाँकी भोलि | Khabarhub Khabarhub

माओवादी महाधिवेशन : ११ वटा समूहले निष्कर्ष प्रस्तुत गरे, बाँकी भोलि


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहले निष्कर्ष सुनाएका छन् ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा २५ समूहमध्ये ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छलफल स्थगित गरिएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए।

उनका अनुसार बुधबार प्रदेश १ को दुई समूह, प्रदेश २ को एक समूह, बागमति प्रदेशको दुई समूह मध्ये एक समूह, गण्डकी प्रदेशको एक समूह, कर्णाली प्रदेशको एक समूह, सूदुरपरिश्चम प्रदेशको एक समूह र बिभाग, प्रवास, सल्लाहकार र आयोगको समूह निष्कर्ष पेश भएको छ।

प्रस्तुत सुझावमा फरक मत नआएको र बिभिन्न बिषयमा सुझाव पेश भएको प्रवक्ता महराले जानकारी दिए। बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने र अध्यक्षले जवाफ दिने उनले बताए । उनले शुक्रबारबाट नेतृत्व चयनको प्रक्रिया सुरु हुने जानकारी दिए

पदाधिकारी सहित केन्द्रीय समिति चयनका लागि महाधिवेशन केही दिन लम्विने महराले जनाए ।

यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बताएका छन्।

बुधबार महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले नेतृत्व चयन प्रक्रिया एकदम राम्रोसँग लोकतान्त्रिक तरिकाबाट अघि बढ्ने बताए।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ५२ बजे

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक