संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग गरेन : मुख्यमन्त्री राउत « Khabarhub

संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग गरेन : मुख्यमन्त्री राउत


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीयता कार्यान्वयनमा संघीय सरकारले असहयोग गर्दै आएको दुखेसो पोखेका छन् ।

राष्ट्रिय योजना आयोगले बुधबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय प्रणालिलाई संस्थागत विकास गर्न प्रदेश सरकारले हरेक प्रयास गरिरहेको भए पनि संघीय सरकारबाट सहयोग नहुँदा समस्या हुने गरेको बताए । ‘प्रदेश सरकारले शान्ति सुरक्षालाई बलियो बनाउन प्रदेश प्रहरी ऐन ल्याएको लामो समय भइसकेको छ,’ मुख्यमन्त्री राउतले भने, ‘संघीय प्रहरी ऐन पनि आइसकेको छ । तर अहिलेसम्म संघीय सरकारले प्रहरी समायोजनलाई अगाडी बढाउन सकेको छैन ।’

प्रदेश नयाँ संरचना भए पनि संघीय सरकारले प्रदेशमा दक्ष र अनुभवी कर्मचारीलाई नपठाएर प्रदेश सरकारको काममा अवरोध गर्ने कर्मचारी पठाउने गरेको मुख्यमन्त्री राउतले टिप्पणी गरे । ‘अहिलेका सचिवहरू ठिकै छन् । तर सुरुमा प्रदेश सरकारलाई गति दिने कर्मचारी चाहिएको त्यो हामीले पाउन सकेनौं,’ उनले भने।

संघीय सरकारको असहयोगमा बाबजुद प्रदेश सरकारले पछिल्लो चार वर्षमा आफ्नो क्षमताले भ्याए सम्म संघीयताको मूल मान्यतालाई पालन गरेर समानुपातिकता, समावेशिता हिसाबले कामलाई अगाडी बढाएको मुख्यमन्त्री राउतले दाबी गरे । हरेक निकायमा प्रदेश सरकारले समानुपातिक र समावेशी प्रावधानलाई आत्मसाथ गरी काम गरेको दाबी गर्दै मुख्यमन्त्री राउतले आफ्नो सरकारले गरेको काम तत्काल नदेखिए पनि अगामी १०–१५ वर्षमा त्यसको परिणाम देखिने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसाद, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश २ का मुख्य सचिव हरि प्रसाद मैनाली सहितको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : २० बजे

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस