माओवादी बन्दसत्र : कुन टोली नेताले के निष्कर्ष सुनाए ? « Khabarhub

माओवादी बन्दसत्र : कुन टोली नेताले के निष्कर्ष सुनाए ?


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी छ।

बुधबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर ११ जना टोली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ । बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ ।

अधिकांश समूहले नेताको जीवनशैली, कार्यकर्ताको मूल्यांकन विधि, पार्टी सरकारमा पुगेपछि जनमुखी हुनसकेको, एमालेसँगको एकता लगायका विषयमा कुरा उठाएका छन् । माओवादी छाडेकाहरुलाई गद्दार घोषण गर्ने माग पनि उठकेको छ ।

बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रदेश २ बाट सत्यनारायण भगत, बागमती प्रदेशबाट सरल सहयात्री, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, कर्णाली प्रदेशबाट विमला केसी र सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर, आयोगको तर्फबाट टंक राई, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, केन्द्रीय विभागबाट गीता पनेरुले आआफ्नो समूहको ब्रिफिङ गरेका छन् ।

कुन टोली नेताले के भने ?

प्रदेश १ बाट हर्कबहादुर नेम्बाङले टोली नेताको रुपमा प्रस्तुती दिएका थिए। उनले कार्यकर्ताको मूल्यांकन विधीसम्मत नभएकोदेखि पार्टी छोडेका रामबहादुर थापा बादल लगायतलाई संस्थागत रुपमै गद्दार घोषणा गर्नुपर्ने विषय प्रतिवदनमा सम्बोधन हुनुपर्ने सुझाव दिए भने काङवाङले फरक मतलाई पनि सम्बोधन गर्नुपर्ने सुझाव दिए।

प्रदेश २ बाट सत्यनारायण भगतले टोली नेताको रुपमा प्रस्तुती गरेका थिए उनले एमालेसँगको एकीकरण हतारमा भएकोदेखि पार्टी नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताए । उनले पार्टीमा नेतृत्व विकास हुन नसकेको विषयदेखि चिनियाँ बेल्ट एण्ड रोडका विषयमा स्पष्ट पार्न सुझाव दिए।

बागमती प्रदेशबाट सरल सहयात्रीले समूहको नेताको रुपमा प्रस्तुती गरेका थिए । उनका अनुसार आफ्नो टोलीमा पार्टीमा गुटबन्दी संस्कृति रुपमा विकसित हुँदै गएको विषयमा सुझाव आएको बताए । कार्यकर्ताको व्यवस्थापन र यसअघि पार्टी कार्यकर्तालाई उत्पादनमा लगाउने खालको नीति किन सफल हुन नसकेको भन्दै आत्मसमीक्षा आवश्यक भएको सुझाव आयो ।

गण्डकी प्रदेशबाट गायत्री गुरुङले नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको सुझाव दिइन् । एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्थादेखि एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाउने सम्मको सुझाव दिइन् ।

कर्णाली प्रदेशबाट विमला केसीले पेश गरेको सुझावमा पनि नेतारुको सम्पत्ति सार्वजनिक गर्न माग गरिएको छ भने पार्टीमा गुटबन्दी भएकाले त्यस्तालाई कारबाही गर्न मापदण्ड बनाउन सुझाव आएको छ। महाधिवेशनमा आर्थिक प्रतिवेदन पेश गर्न माग गरिएको छ ।

सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवरले गरेको प्रस्तुतीमा सरकारमा पार्टी सहभागी हुनु प्रभावकारी नभएको भन्दै जनजीविकाको सवालमा सरकार गम्भीर बन्नुपर्ने सुझाव आएको छ।

सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारीले वेपत्ता छानबिन आयोग, जिम्मेवारी पूरा नगर्ने र पद नछाड्ने बानीको विकास पार्टीमा भएको र पार्टीका आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने र सल्लाहकारलाई भूमिका दिनुपर्ने लगायका विषय उठाएका थिए ।

आयोगको तर्फबाट टंक राईले २०५२ का राजनीतिक प्रतिवद्धता पूरा भए कि भएनन्, सरकार जनमुखी र प्रभाकारी हुन नसकेको र पार्टी जिम्मेवारीको सही व्यवस्थापन लगायका विषयमा सुझाव दिएका थिए । न्यूजकारखान

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ८ : ४२ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक