बयलवास घटनाका पीडित र स्थानीय प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता | Khabarhub Khabarhub

बयलवास घटनाका पीडित र स्थानीय प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक स्थानीयको मृत्युको विषयमा दुई पक्षबीच सहमति भएको छ ।

बुधबार दिनभरको प्रयासपछि अबेर पीडित पक्ष सहमतिमा आएको हो । छलफलबाट दुई पक्षबीच ६ बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सहमतिसगैँ तीन दिनदेखि लगातार तनावको स्थिति साम्य भएको छ । लालबन्दी नगरपालिकास्थित ईलाका प्रहरी कार्यलय प्रांगणमा पीडित परिवार, स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि र जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा बिहानै देखि छलफल भएको थियो ।

छलफलबाट घटनाको निष्पिक्ष छानबिन गरी दोषीलाई कारबाहीका लागि प्रदेश प्रहरीमा सिफारिस गर्ने, मृतकप्रति आश्रित परिवारका सदस्यको लागि रोजगारी श्रृजना गर्ने तथा बालिकाहरुको शिक्षा लागि स्थानीय तह, उद्योग बाणिज्य संघ र चेम्बर अफ कर्मस लगायत संघ संस्थासगँ पहल गर्ने, प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने र घाइतेको उपचार तथा सम्पतिको क्षतिपूर्तीको लागि प्रचलित कानुन बमोजिम केन्द्रमा सिफरिस गर्ने सहमति भएको छ ।

यस्तै सोही छलफलबाट मृतकका परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउन केन्द्रमा सिफरिस गर्ने, घटनाको बिषयमा भएका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने, स्थानीय, राजनीतिक दल, संघ संस्था, उद्योग ब्यवसायी, नागरिक समाजको पहलमा शान्ति सुरक्षा कायम गर्न पहल गर्ने र मृतका परिवारले शव बुझ्ने सहमति भएको छ । प्रतिनिधिसभा सांसद प्रमोद साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, एसपी कृष्ण प्रसाई, सशस्त्र प्रहरीका प्रमुख भरत खनिया, उद्योगबाणिज्य संघका अध्यक्ष मनोज कुमार साह लगायतको पहलमा छलफल भएको थियो ।

गत आइतवार राति ईश्वरपुर नगरपालिका–७, बयलवासमा ईलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा रहेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । सोही स्थानमा ब्यापार गर्ने ब्यवसायी महतोको मृत्युको शंकास्पद भएको र घटना प्रहरीले लुकाउन खोजेको भन्दै सोमबार बिहानबाट पीडित परिवार र बयलवास क्षेत्रका व्यापारीले बजारमा टायर बालेर विरोधमा उत्रिएका थिए ।

त्यसपछि घटना साम्य हुनुको साटो उग्र बन्दै गएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा घोषण गरेको थियो । आक्रोसित स्थानीय र ब्यापारीको समूहले ईलाका प्रहरी कार्यलय केसरगंज घेराउ र ढुंगामुडा गरेपछि थप मद्दतका लागि गएको हरिपुर प्रहरीको भ्यानमा आगो लगाइदिएका थिए । आगलागीबाट भ्यानमा पूर्णरुपमा क्षति पुगेको छ । त्यसपछि प्रहरीले बल प्रयोग गरेको भन्दै आक्रोसित स्थानीय र प्रहरीबीच मंगलवार दिनभर दर्जनौ पटक झडप भएको थियो ।

झडपको क्रममा जिल्ला प्रहरीका डिएसपी माधव प्रसाद बुडाथोकी, प्रहरी निरिक्षक कृष्ण गिरी सहित दर्जनौ सुरक्षाकर्मी र सोही संख्यामा आन्दोलित स्थानीय घाइते भएका थिए । स्थानीयका अनुसार एक जनाको यूवकको खुट्टामा गोली समेत लागेको छ । तर, प्रहरीले गोली नचलाएको दाबी गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड अश्रुग्यास छोडेको जनाएको थियो ।

प्रहरीले भने रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आफैं आएर ठोक्किएको दाबी गरेको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका महतोलाई उपचारका लागि तत्काल सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महतोको शव पोष्टमार्टम पश्चात् जिल्ला अस्पताल मलंगवामै राखिएको छ । माग पूरा नभएसम्म शव नबुझ्ने पीडित परिवारले बताएका थिए । न्यूूजकारखाना

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ९ : ०९ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन