माल्दिभ्समा पनि ‘कोभिशिल्ड’ लगाउन अनुमति « Khabarhub

माल्दिभ्समा पनि ‘कोभिशिल्ड’ लगाउन अनुमति


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ ।

माल्दिभ्स खाद्य तथा औषधि प्राधिकरण(एमएफडीए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिएको हो ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।

खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ ।

त्यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् ।

कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक फरक खालको अप्रत्यक्ष असरहरू देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ । माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : १७ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी