दाहाल-नेपाल समूहको आज धनगढीमा शक्ति प्रदर्शन « Khabarhub

दाहाल-नेपाल समूहको आज धनगढीमा शक्ति प्रदर्शन

प्रचण्ड-माधवसहितका शीर्ष नेताले सम्बोधन गर्ने


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले आज कैलालीको धनगढीमा सरकारविरूद्ध शक्ति प्रर्दशन गर्दैछ।

हजारौँ कार्यकर्ताको र्‍याली दिउँसो १ बजे खुलामञ्चमा सभामा परिणत हुने सो समूहका सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले जानकारी दिए । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले गरेको विशाल प्रदर्शनलाई धक्का दिने गरी कार्यकर्ता उतार्न रावलसहितका नेताहरू केही दिनदेखि जनसभाको तयारीमा कैलालीमा छन् । सभाअघि दिउँसो १ बजे चौराहा र क्याम्पस रोड दुवै तर्फबाट ‘विशाल र्‍याली’ निकालिने रावलले जानकारी दिएका छन् ।

प्रदर्शनलाई लक्षित गरि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जनसभाको पूर्वसन्ध्यामा शुक्रबार बेलुका मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल- नेपाल समूहमा विभाजित नेकपामा समानन्तर बैठक र शक्ति प्रदर्शन गर्दै एकअर्काको चर्को आलोचना गरिरहेका छन् ।

दुबै पक्षले एकअर्काको चर्को आलोचनासहित समानन्तर शक्ति प्रदर्शनको होड चलाइरहेका छन् । पुस १४ मा काठमाडौँ उपत्यकासहित देशभर प्रदर्शन गरेर ओलीलाई दबाब दिएको दाहाल-नेपाल समूहले माघ ९ मा काठमाडौँमा नै प्रदर्शन गरेको थियो भने शुक्रबार विराटनगरमा पनि प्रदर्शन गर्‍यो ।

दाहाल-नेपाल पक्षलाई ओली समूहले नेता भीम रावलको प्रभाव रहेको भनिएको सुदूरपश्चिम प्रदेशमा विशाल जनसभा गर्दै पुस २४ मा ‘काउन्टर’ दिएको थियो । ओली समूहले माघ २१ मा काठमाडौँमा ‘विशाल प्रदर्शन’ गर्ने जनाइसकेको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ३५ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले