‘रामायण’मा ऋतिक र दीपिका राम–सीता « Khabarhub

‘रामायण’मा ऋतिक र दीपिका राम–सीता


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी) । धार्मिक ग्रन्थ रामायणका बारेमा हालसम्म धेरै फिल्म बनिसकेका छन् । नयाँ–नयाँ शैलीमा भगवान रामको कथा देखाइएको छ । अब भने निर्माता मधु मेन्टाना ‘रामायण’मा मेगा बजेटको फिल्म बनाउदैछन् ।

करिब तीन सय करोडको लागतमा बन्ने फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोण प्रमुख भूमिकामा देखिँदैछन् । फिल्ममा ऋतिक रामको र दीपिका सीताको चरित्रमा हुनेछिन् ।

यो फिल्मको निर्देशन नितीश तिवारीले गर्नेछन् । नितीशले ‘दंगल’ जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् । निर्माता मधुले अनुराग कश्यप, विक्रमादित्य मोटवानी र विकास बहलबाट फेन्टम फिल्मस्को हिस्सेदारी खरिद गरेका छन् । अब उनी यो व्यानर एक्लै चलाउनेछन् ।

मधुले केही अनुसन्धानकर्तालाई ‘रामायण’का विषयमा अनुसन्धान गर्न भनेका छन् । अनुसन्धान गर्दा फिल्मको स्क्रिप्ट बनाउन सहयोग पुग्ने विश्वास मधुको छ । मधु ‘रामायण’लाई दुई भागमा रिलिज गर्ने सोचमा छन् । अभिनेता ऋतिक र अभिनेत्री दीपिकाको जोडी सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा पनि देखिँदैछन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ५७ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार