अभिनयमा अब्बल, गायनमा कमजोर | Khabarhub Khabarhub

अभिनयमा अब्बल, गायनमा कमजोर


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका कलाकारहरु आफ्नो अभिनयसँगै लुक्स र स्टाइलका कारण चर्चामा आइरहन्छन् ।

उनीहरुको यो शैलीलाई फ्यानहरुले ‘कपी’ नै गर्छन् । बलिउडमा कैयौं कलाकारहरुको प्रतिभा अनेक छन् । जसरी उनीहरु राम्रो अभिनय गर्छन्, त्यसरी नै बेसुरमा गीत गाउन पनि खप्पिस छन् । भलै तपाईंहरु उनीहरुले गाएको गीत सुनेर वास्तविक संगीत बिर्सनुहुन्छ या त तपाईंको कानमा पीडा हुन्छन् ।

यो सूचीमा सबैभन्दा पहिलो नाम आउने अभिनेता हुन्, अक्षय कुमार । उनको फिल्म जोकोही दर्शकका लागि व्यग्र प्रतिक्षाको विषय बन्छ । तर के उनले गाएको गीत तपाईंले सुन्नु भएको छ ? अक्षय अभिनय जति अब्बल तरिकाले गर्छन्, गायनमा उनी उत्तिकै कमजोर छन् ।

बलिउडकी ‘दबंग गर्ल’ सोनाक्षी सिन्हाले पनि गीत गाएर फ्यान बटुल्न चाहन्छिन् । तर दुःखको कुरा उनको गीत सुनेर फ्यानहरुले ताली बजाउनुको सट्टा आँखा भरी आँसु पारेका छन् । किनकी उनको गीत गायनको शैली फ्यानका लागि टाउको दुखाई बन्ने गरेको छ ।

अभिनेता सलमान खानका जुनसुकै कुराहरु फ्यानका लागि प्रिय लाग्छन् । तर गायनको मामलामा परिणाम ठिक उल्टो हुने गरेको छ । गायनमा सायदै त सलमानका फ्यान कमै होलान् ।

अभिनेत्री प्रियंका चोपडाले सानो सहरबाट फिल्मी यात्रा शुरु गरेर बलिउड हुँदै हलिउडसम्म आफ्नो पाइला पुर्‍याइसकेकी छन् । तर गायनको कुरा गर्दा उनको सुन्दरता र अभिनयलाई फ्यानले जति रुचाए, उनका गीतलाई भने चासो दिएनन् ।

बलिउडका ‘किंग खान’ शाहरुख खानले लकडाउनको समयमा आफ्नो गायन कलालाई लिएर प्रयोग गरे । तर फ्यानले उनको फिल्म जत्ति पनि गायन कलालाई स्वीकार्न सकेनन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ४० बजे

किसानलाई मौरीसहितको घार अनुदान

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई

नर्सहरूको सेवा सुविधामा सुधार गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं– प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले

स्कूल बसमा आगजनी

चितवन– चितवनको भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा स्माल हेभन स्कुल कल्याणपुरको

कामिरिताले गरे २९औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं– कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहण गरेर आफ्नै

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको