प्रधानमन्त्रीको सिटी हल र ६ लेन सडक शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्रीको सिटी हल र ६ लेन सडक शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने भएको छ ।

महानगरले शुक्रबार पत्रकार सम्मेलन गरी शिलान्यास कार्यक्रम बहिष्कार गर्ने जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

आफूहरुको समन्वय बिनानै शिलान्यास कार्यक्रम राखिएको भन्दै कार्यक्रम बहिष्कार गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । ‘हामीलाई कार्यक्रमबारे निमन्त्रणा पनि छैन, समन्वय पनि गरिएको छैन, महानगर कार्यक्रममा सहभागि पनि हुँदैन’, पत्रकार सम्मेलनमा प्रमुख दाहालले भनिन् ।

प्रमुख दाहालले ती दुई परियोजनालाई यसअघि नै शिलान्यासको लागि पटक–पटक संघीय सरकारलाई आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै अहिले जस लिनका लागि देखावटी काम भइरहेको आरोप लगाइन् । ‘पटक–पटक आग्रह गर्दा कसैले टेरेनन्, अहिले काम चलाउ सरकारले शिलान्यास गर्दै हिड्नुको उद्देश्य के हो ? राज्यको साधन स्रोतको दुरुपयोग भइरहेको छ ।’

संघीय सरकारको बजेटमा भरतपुर महानगरपालिकाको स्वामित्वमा रहने गरी भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको पछाडी ४ विगाहा ४ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न सभाहल (सिटी हल) निर्माण भइरहेको छ ।

२०७५ पुस १७ गते भरतपुर महानगरपालिकाको नाममा उक्त जग्गाको लालपूर्जा प्राप्त भएपछि सिटीहल निर्माणको प्रक्रिया अघि बढेको हो । यस्तै गोद्राङ्ग –नारायणगढ ६ लेन सडक निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : ३१ बजे

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्