तीन महीनाभित्र सबै नागरिकलाई खोप पुर्‍याउँछौँ– स्वास्थ्यमन्त्री « Khabarhub

तीन महीनाभित्र सबै नागरिकलाई खोप पुर्‍याउँछौँ– स्वास्थ्यमन्त्री


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको खोप ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताएका छन् ।

शनिवार लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुगेका मन्त्री त्रिपाठीले कोरोना भाइरसको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुर्दै ३ महिनाभित्र सबै नागरिकलाई पुर्‍याउने प्रतिबद्धता जनाए ।

मन्त्री त्रिपाठीले प्रादेशिक अस्पतालका डाक्टरहरुलाई कर्णाली प्रदेशले समेत कारोना भाइरसको खोप लगाइसक्दा लुम्बिनी प्रादेशिक अस्पताल भने पछि पर्नुको कारणबारे जानकारी लिएका थिए ।

उनले भौगोलिक हिसाबले पनि सुलभ मानिने ठाउँमा ढिलाई हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

मन्त्री त्रिपाठीले सरकारले कोरोना भाइरसको खोप सबै जनतालाई पुर्‍याउने लक्ष्य लिएको तर जिल्ला अस्पतालहरुमा समेत यो समस्या देखा पर्नुमा व्यवस्थापनमा थप चुनौति भएको बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : १० बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार