भीम रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु : मन्त्री आले (भिडियोसहित) | Khabarhub Khabarhub

भीम रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु : मन्त्री आले (भिडियोसहित)


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा वनमन्त्री प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव लडेर जिते आफूले राजनीतिबाटै सन्यास लिने बताएका छन ।

शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले रावलसँग चूनाव लड्ने हिम्मत नभएको भन्दै प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन ।

उनले रावलसँग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको बताए । सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातिकमा उठ्ने तर्क गरे ।

मन्त्री आलले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण संसदविघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरिएको बताए ।

हेरौँ भिडियो

उनले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाब मागिने धारणा राखे ।

मन्त्री ओलेले तोकिएको समयमा नै निर्वाचन हुने र अव आफूहरुको प्रतिस्पर्धी कांग्रेस मात्र हुने तर्क गरे।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : २० बजे

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले