भीम रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु : मन्त्री आले (भिडियोसहित) « Khabarhub

भीम रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु : मन्त्री आले (भिडियोसहित)


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा वनमन्त्री प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव लडेर जिते आफूले राजनीतिबाटै सन्यास लिने बताएका छन ।

शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले रावलसँग चूनाव लड्ने हिम्मत नभएको भन्दै प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन ।

उनले रावलसँग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको बताए । सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातिकमा उठ्ने तर्क गरे ।

मन्त्री आलले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण संसदविघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरिएको बताए ।

हेरौँ भिडियो

उनले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाब मागिने धारणा राखे ।

मन्त्री ओलेले तोकिएको समयमा नै निर्वाचन हुने र अव आफूहरुको प्रतिस्पर्धी कांग्रेस मात्र हुने तर्क गरे।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : २० बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण