शनिबार १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप | Khabarhub Khabarhub

शनिबार १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार  देशभरका १४३ खोप केन्द्रबाट १४ हजार ८९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ५४७, प्रदेश २ मा २ हजार ११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकीमा १ हजार ८८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाएका हुन ।

खाेप लगाउन सुरु गरिएकाे आज चौथो दिनसम्म खाेप लगाउनेकाे कूल संख्या ६४ हजार ४ सय २२ पुगेकाे छ।

खोप लगाएर असर गरेको भनेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ।

दोलखामा खोप लगाएकाहरु धमाधम बिरामी भएको भन्ने समाचार सार्वजनिक भएपनि त्यस्तो केही पनि समस्या नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

खोपसम्बन्धी समाचार आधिकारीक रुपमा पुष्टि गरेर मात्र प्रकाशन गर्न मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ। साथै मन्त्रालयले खोप लगाउनुपर्ने लक्षित समूहलाई ढुक्क भएर लगाउन समेत अनुरोध गरेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : ३० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये