मतपत्र च्यात्नु पर्दैन, पार्टीमा फर्किनुस् जनताले चुनाव जिताउँछन् : गृहमन्त्री थापा « Khabarhub

मतपत्र च्यात्नु पर्दैन, पार्टीमा फर्किनुस् जनताले चुनाव जिताउँछन् : गृहमन्त्री थापा


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् ।

चितवनमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन ।

‘आम जनता एकता चाहन्छन्, आफ्ना गल्ती कमजोरी स्वीकारेर पार्टीमा फर्कनुस्।’ उनले भने, जनता समृद्धि र विकास चाहन्छन्, त्यो चिज नेकपाको नेतृत्वले मात्रै दिन सक्छ।’ उनले भने ।

प्रचण्डप्रति लक्षित गर्दै उनले भने, ‘हिम्मत भए चुनाव लडेर जनताको विश्वास जित्नुस् र प्रधानमन्त्री हुनुस्। नेकपाको झन्डामुनि चुनाव लड्दा जित्नका लागि मतपत्र च्यात्न आवश्यक छैन, जनताले चुनाव जिताउँछन्।’

चितवनमा आयोजना भएको जनसभाले गुटफुटको विरुद्धमा जवाफ दिएको उल्लेख गर्दै गृहमन्त्री थापाले जनसभाका रूपमा शुद्धीकरण अभियान सुरु भएको समेत बताए ।

“हामी फुटको पक्षमा छैनौं, एकताको पक्षमा छौं भन्ने जवाफ दिएको छ,” उनले भने, “यो जनसभा आन्दोलन हो, पार्टीभित्र देखा परेको विकृतिका विरुद्ध शुद्धीकरण अभियान पनि हो।”

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको सुन्दा आफू आश्चर्यचकित भएको गृहमन्त्री थापाको भनाइ छ।

पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : ४० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था