मतपत्र च्यात्नु पर्दैन, पार्टीमा फर्किनुस् जनताले चुनाव जिताउँछन् : गृहमन्त्री थापा « Khabarhub

मतपत्र च्यात्नु पर्दैन, पार्टीमा फर्किनुस् जनताले चुनाव जिताउँछन् : गृहमन्त्री थापा


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् ।

चितवनमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन ।

‘आम जनता एकता चाहन्छन्, आफ्ना गल्ती कमजोरी स्वीकारेर पार्टीमा फर्कनुस्।’ उनले भने, जनता समृद्धि र विकास चाहन्छन्, त्यो चिज नेकपाको नेतृत्वले मात्रै दिन सक्छ।’ उनले भने ।

प्रचण्डप्रति लक्षित गर्दै उनले भने, ‘हिम्मत भए चुनाव लडेर जनताको विश्वास जित्नुस् र प्रधानमन्त्री हुनुस्। नेकपाको झन्डामुनि चुनाव लड्दा जित्नका लागि मतपत्र च्यात्न आवश्यक छैन, जनताले चुनाव जिताउँछन्।’

चितवनमा आयोजना भएको जनसभाले गुटफुटको विरुद्धमा जवाफ दिएको उल्लेख गर्दै गृहमन्त्री थापाले जनसभाका रूपमा शुद्धीकरण अभियान सुरु भएको समेत बताए ।

“हामी फुटको पक्षमा छैनौं, एकताको पक्षमा छौं भन्ने जवाफ दिएको छ,” उनले भने, “यो जनसभा आन्दोलन हो, पार्टीभित्र देखा परेको विकृतिका विरुद्ध शुद्धीकरण अभियान पनि हो।”

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको सुन्दा आफू आश्चर्यचकित भएको गृहमन्त्री थापाको भनाइ छ।

पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : ४० बजे

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण