काठमाडौँको एक कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि « Khabarhub

काठमाडौँको एक कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको एक कुखुरामा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लु पुष्टि भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका- ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्ड फ्लू देखिएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उक्त फार्मका टर्की र हाँसमा बर्ड फ्लूको जिवाणु भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ ।

१८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टा, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ थान अण्डा र ७५ केजी दाना नष्ट गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : ५८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले