ठमेलबाट लुटिएको चिनियाँ नागरिकको दाबी शंकास्पद : प्रहरी « Khabarhub

ठमेलबाट लुटिएको चिनियाँ नागरिकको दाबी शंकास्पद : प्रहरी


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ठमेलमा एक चिनियाँ नागरिक र उनका नेपाली आफन्तको १ लाख ८० हजार रूपैयाँ बराबरको सामग्री लुटिएको दाबी शंकास्पद भएको प्रहरीले जनाएको छ ।

सोमबार राति साढे नौ बजेतिर ठमेल इन्भेष्मेन्ट बैंक नजिक ज्योती शाक्यको घरको चौथो र पाचौँ तलामा डेरा गरी बस्ने चिनियाँ नागरीक युन छियोमिनको कोठाबाट लुटपाट भएको सूचनापछि अनुसन्धानमा जुटेको प्रहरीले घटना शंकास्पद भएको जनाएको हो ।

४/५ जना नकाबधारीहरुले चिनियाँ नागरिक युनसहित उनका साला पर्ने प्रबेश तामाङ र पासाङ तामाङलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर २ तोला सुनका औँठी, बाला र तिलहरी लुटी फरार भएको पीडित उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

तर, पीडीतहरुले दिएको बयानका आधारमा घटनाक्रम मिल्दोजुल्दो नरहेपछि घटना शंकास्पद मानी थप अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ४५ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः