ठमेलबाट लुटिएको चिनियाँ नागरिकको दाबी शंकास्पद : प्रहरी « Khabarhub

ठमेलबाट लुटिएको चिनियाँ नागरिकको दाबी शंकास्पद : प्रहरी


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ठमेलमा एक चिनियाँ नागरिक र उनका नेपाली आफन्तको १ लाख ८० हजार रूपैयाँ बराबरको सामग्री लुटिएको दाबी शंकास्पद भएको प्रहरीले जनाएको छ ।

सोमबार राति साढे नौ बजेतिर ठमेल इन्भेष्मेन्ट बैंक नजिक ज्योती शाक्यको घरको चौथो र पाचौँ तलामा डेरा गरी बस्ने चिनियाँ नागरीक युन छियोमिनको कोठाबाट लुटपाट भएको सूचनापछि अनुसन्धानमा जुटेको प्रहरीले घटना शंकास्पद भएको जनाएको हो ।

४/५ जना नकाबधारीहरुले चिनियाँ नागरिक युनसहित उनका साला पर्ने प्रबेश तामाङ र पासाङ तामाङलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर २ तोला सुनका औँठी, बाला र तिलहरी लुटी फरार भएको पीडित उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

तर, पीडीतहरुले दिएको बयानका आधारमा घटनाक्रम मिल्दोजुल्दो नरहेपछि घटना शंकास्पद मानी थप अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ४५ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको