सिभिल बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी मनायो ‘ग्लोबल मनी विक’ | Khabarhub Khabarhub

सिभिल बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी मनायो ‘ग्लोबल मनी विक’


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अघि बढेको सिभिल बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ‘ग्लोबल मनी विक’ मनाएको छ ।

२०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी रुपमा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरेको हो ।

बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको हो ।

प्रदेश नं १ को बिराटनगर स्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी गरेको हो ।

बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।

यसैगरी कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरीएको थियो ।

यसको अलावा बैंकले विद्युतीय कारोवारका सात प्रमुख विद्युतीय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आईपीयस, पीओयस र डिजिटल वालेट)काबारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्फत प्रसारण पनि गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ३४ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक