चीनबाट फर्केका एमबीबीएस विद्यार्थीको धर्ना स्थगित, माग पूरा हुने आशा | Khabarhub Khabarhub

चीनबाट फर्केका एमबीबीएस विद्यार्थीको धर्ना स्थगित, माग पूरा हुने आशा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— बाँकी इन्टर्नसिप नेपालमै गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका विद्यार्थीहरूले तत्कालका लागि धर्ना स्थगित गरेका छन् । माग पूरा हुने आशा पलाएपछि धर्ना स्थगित भएको हो ।

चीनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) को इन्टर्नसीप गर्दागर्दै कोरोना महामारीको जोखिम बढेपछि नेपाली विद्यार्थी स्वदेश फर्केका थिए । नेपाल आएका अधिकांश विद्यार्थीहरूको ३ महीनादेखि १० महीनासम्म इन्टर्नसिप बाँकी रहेको छ र यस्ता विद्यार्थी १५२ जना रहेको जनाइएको छ ।

तत्काल चीन जान पाउने सम्भावना नदेखिएपछि उनीहरूले बाँकी इन्टर्नसिप नेपालमै गर्न पाउनुपर्ने माग गर्दै यही चैत १० गतेदेखि विद्यार्थीहरूले नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका थिए ।

काउन्सिलले विद्यार्थीको मागका विषयमा निर्णय गरिसकेको र ४८ घण्टापछि सार्वजनिक गर्ने भनेपछि तत्कालका लागि स्थगित गरेको धर्नामा संलग्न विद्यार्थी मिमंशा खतिवडाले बताइन् ।

उनले भनिन्, ‘काउन्सिलले आशावादी हुन भनेकाले निर्णय नआउँदासम्मको लागि धर्ना स्थगित गरेका हौँ ।’

काउन्सिलको निर्णय कस्तो आउँछ त्यसलाई हेरेर अर्को कदमको टुङ्गो लाग्ने उनले बताइन् । विद्यार्थीको विपक्षमा निर्णय भयो भने आन्दोलन अझ प्रभावकारीरूपमा अघि बढाउने उनको भनाइ छ ।

धेरै जसो विद्यार्थीको इन्टर्नसिप गर्न तीन चार महिनामात्रै बाँकी रहेकाले नेपालमै गर्ने व्यवस्था मिलाइदिन आफूहरूको माग रहेको मिमांशाले बताइन् । यो विषय ‘चिकित्सा शिक्षा आयोग’ को क्षेत्राधिकारमा पर्ने मेडिकल काउन्सिलको ठहर छ ।

इन्टर्नसिप पढाइको क्षेत्र भएकाले आयोगसँग परामर्श चलिरहेको नेपाल मेडिक काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

उनले भने, ‘विदेशी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गर्न दिने प्रावधान नभएकाले चिकित्सा शिक्षा आयोग विद्यार्थीहरूलाई इन्टर्नसिप गराउन मानिरहेको छैन ।’

उनले इन्टर्नसिप गर्न बाँकी विद्यार्थीहरूको माग उचित तरिकाले सम्बोधन गर्न आवश्यक रहेको पनि बताए।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : १७ बजे

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति