पत्रकार महासंघमा प्रगतिशील समूहबाट निर्मला शर्माको नेतृत्वमा टिम घोषणा « Khabarhub

पत्रकार महासंघमा प्रगतिशील समूहबाट निर्मला शर्माको नेतृत्वमा टिम घोषणा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघको यही २५ गते हुने २६ औं अधिवेशनमा प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारहरूले निर्मला शर्माको नेतृत्वमा प्यानल घोषणा गरेको छ ।

काठमाडौँ बागबजारस्थित होटल हार्दिकमा मंगलबार आयोजित सभामा उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक पत्रकार महिलाले नेतृत्व गरेको घोषित उम्मेदवारहरूमा अध्यक्षमा वरिष्ठ पत्रकार निर्मला शर्मा रहेकी छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी सुवेदी र समावेशी उपाध्यक्षमा अवधेश झा उम्मेदवार छन् ।

महासंघको महासचिव उम्मेदवारमा भने युवा पत्रकार बालकृष्ण बस्नेत खडा भएका छन् । त्यस्तै सचिवहरूमा रामकृष्ण ज्ञवाली खुला, निमा काफ्ले (महिला), स्वेता सिन्हा (मधेशी), शाहीमान राई (आदिवासी), मधु शाही (दलित) र रामेश्वर कार्की (एसोसिएट)मा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरी महासंघको आगामी कोषाध्यक्षका लागि कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्ले पत्रकारितासँग सम्बन्धित विभिन्न ९ वटा संस्थाको संयुक्त उम्मेदवारका रुपमा खडा भएका छन् ।

संयुक्त उम्मेदवार घोषणासभामा संगठनहरूको ७ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिएको छ । सो संयुक्त घोषणापत्रमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, मिडिया नेपालका गोपाल पौडेल, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विकले हस्ताक्षर गरेका छन् ।

यसैगरी, घोषणापत्रमा दैनिक पत्रिका सञ्जालका महासचिव रामचन्द्र खड्का, व्यवसायिक पत्रकार महासंघका अध्यक्ष डा. केशव देवकोटा, नेपाल लेखक पत्रकार समाजका महासचिव प्रेम कार्की, पिपुल्स भोलिन्टियर्स जर्नालिस्ट फोरमका सहसंयोजक नारायणप्रसाद शर्मा र अपांग पत्रकार संघका योगेन्द्रप्रताप शाहीले पनि हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : १६ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद