नेता मानन्धरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त « Khabarhub

नेता मानन्धरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी हुन् । राष्ट्रपतिले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् । नेता मानन्धरको सोमबार साँझ निधन भएको हो ।

यसैबीच वामपन्थी नेता मानन्धरको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गद नेता मानन्धरको शवमाथि पार्टीको झण्डा ओढाए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गणेश साहलगायतले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।

अपूरणीय क्षति : अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् । अध्यक्ष दाहालले शोक वक्तव्यमार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेता मानन्धरले विसं २००७ मा आफ्नै घरबाट विद्रोहको विगुल फुकेको स्मरण गर्दै अध्यक्ष दाहालले विसं २००९ को रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेलेको बताएका छन् । नेपालको वामपन्थी आन्दोलनमा नेता मानन्धरले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहिरहने अध्यक्ष दाहालको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ३५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी