२५ हजार धरौटी बुझाएर छुटे विप्लव समूहका नेता लामा « Khabarhub

२५ हजार धरौटी बुझाएर छुटे विप्लव समूहका नेता लामा


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा १९ महिनापछि थुनामुक्त भएका छन् ।

०७६ साउन ५ गते पक्राउ परेका लामा जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार थुनामुक्त भएका हुन् ।

विभिन्न अपराधिक मुद्धा लगाएर थुनामा राखिएको उनीसँग जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर उनी आफूसँगै पक्राउ परेका पार्टीका अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै थुनामै बसेका थिए ।

शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : १० बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन