अत्यावश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय « Khabarhub

अत्यावश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आम सर्वसाधारणमा आग्रह गरिएको हो ।

कोरोना संक्रमणको गति बढ्दै गएपछि देशभरका ७७ जिल्लामध्ये बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

विज्ञप्तिमा ‘कोरोना संक्रमण दोस्रो लहरमा तीव्र गतिमा फैलिरहेका कारण उत्पन्न विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासको अतिरिक्त अन्य सबै सरोकारवालाको सहयोग र सहकार्य जरुरी भएको’ उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ३७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी