कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन « Khabarhub

कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छन् ।

मन्त्रालयमा बिहीबार यहाँ आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिएकी छन् । मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा सुविधा एवं स्वास्थ्य सामग्री केन्द्रमा रहेकाले सोही अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह भयो ।

अस्पतालमा भर्ना भएकाहरूबाट उपचारका सम्बन्धमा कुनै गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारद्वारा सञ्चालित केन्द्रले राम्रो एवं गुणस्तरीय उपचार सेवा दिन्छ भन्ने महसुस सङ्क्रमित र परिवारले महसुस गराउनुपर्नेमा आवश्यकता औँल्याइन ।

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरी गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक हेरचाह केन्द्रमा शुक्रबारदेखि सङ्क्रमितको उपचार शुरु गरिने जानकारी दिँदै मन्त्री राईले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिइन ।

उनले भनिन्, “आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुपर्‍यो, बजेटको समस्या कुनै छैन”, उनले अस्पतालको व्यवस्थापन र अस्पतालजन्य फोहरको उचित व्यवस्थापन गर्न केन्द्रका संयोजक वैद्यनाथ साहलाई समेत निर्देशन दिइन ।

मन्त्री राईले सङ्क्रमित बिरामीलाई औषधिको पनि कमी नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिइन । कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन शय्या र २१ वटा भेन्टिलेटर शय्या तयारी अवस्थामा रहेको जानकारी दिइन।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दास, डा दीपक सिग्देललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ५९ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन