जसपाका पदमुक्त चार प्रदेश सांसद अदालत जाने « Khabarhub

जसपाका पदमुक्त चार प्रदेश सांसद अदालत जाने


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— लुम्बिनी प्रदेशको प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध चारै जना आजै सर्वोच्च अदालतमा जाने भएका हुन् ।

प्रदेश सभा सचिवालयले हिजो सूचना जारी गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरी पदमुक्त गरेको थियो ।

गत वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाईएको थियो ।

मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्तावमा उनीहरूले समेत हस्ताक्षर गरेका थिए । तर त्यसको एक घन्टापछि चारै जना सरकारमा सहभागी भएपछि पार्टीले कारबाही गरेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ०१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी