सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था छैन : सभापति देउवा « Khabarhub

सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था छैन : सभापति देउवा


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था नरहेको बताएका छन् ।

कोरोना महामारीका विषयमा सरकारले गरेको काम र त्यसका बारेका कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले अहिलेसम्म अविश्वास प्रस्तावको पक्षमा बहुमत नपुगको बताए ।

उनले भने,‘ अहिले नै अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था आइसकेको छैन । बहुमत त पुग्नुपर्‍यो नि ?’

अविश्वासको प्रस्तावका बारेमा जनता समाजवादी पार्टी लगायतका दलहरुसँग छलफल भइरहेको बताएपनि सभापति देउवाले छलफलको प्रगतिका बारेमा भने खुलाएनन् । उनले भने, ‘छलफल भइरहेको छ, के के कुरा भइरहेको भन्नेबारे त सबै कहाँ भन्छु, पछि निश्चित भएपछि भनौंला, तपाईँहरू सबैलाई बोलाएरै भनौँला नि !’

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ०३ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट