'स्पष्टीकरण सोधिएकाहरूलाई स्थायी कमिटीले कारबाहीको निर्णय गर्छ' (निर्देशनसहित) | Khabarhub Khabarhub

‘स्पष्टीकरण सोधिएकाहरूलाई स्थायी कमिटीले कारबाहीको निर्णय गर्छ’ (निर्देशनसहित)


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तल्लो तहसम्मका कार्यकर्तालाई सर्कुलर जारी गरेका छन् । पार्टीभित्रको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयलाई समेटेर ओलीले तल्लो तहसम्म कार्यकर्तालाई सर्कुलर जारी गरेका हुन् । पार्टीभित्र माधव नेपालसहितका नेताहरूलाई कारबाही विषयमा समेत खुलाएका छन् ।

सर्कुलरमा भनिएको छ, ‘कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी निर्णय प्रक्रियामा पार्टी निर्णयको अवज्ञा, ह्विप उल्ल‌ंघन र फ्लोर क्रस गर्ने ५ जना प्रदेशसभा सदस्यहरूसहित उनीहरूलाई त्यस्तो गर्न दुरुत्साहन गर्ने, पार्टीमा समानान्तर गतिविधि र विभाजनकारी क्रियाकलाप गर्ने माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यहरूलाई किन कारबाही नगर्ने? भन्ने स्पष्टीकरण सोध्ने र त्यसको जवाफ दुई दिनभित्र दिन निर्देशन गर्ने निर्णय गरेको थियो । सो विषयमा स्थायी कमिटीले निर्णय गर्छ ।’

उनले ताजा जनादेशका माध्यमबाट मुलुकलाई राजनीतिक स्थिरता र स्वच्छताको दिशामा लैजाने प्रयास सर्वोच्च अदालतको फैसलाका कारण सफल हुन नसकेको समेत उल्लेख गरेका छन्।

सर्वोच्च अदालतको फागुन २३ को फैसलासँगै पार्टी एकीकरणको प्रक्रिया कानुनी रूपमा अन्त्य भएको, पुन:स्थापित प्रतिनिधिसभा अकर्मण्यतामा फस्न पुगेको र नेकपा (एमाले) लाई सुदृढ बनाउन प्राप्त अवसरमाथि माधव नेपाल समूहको स्वार्थको कारणले चुनौती सिर्जना भएको विश्लेषण गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन वर्षको समीक्षा गर्दै प्रतिवेदनमा एउटा असल उद्देश्य र मनसायका साथ सुरु गरिएको पार्टी एकीकरण मूलतः सके पार्टी कब्जा गर्ने नभए विभाजन गर्ने प्रचण्डको अवसरवादी, विभाजनकारी र अस्थिर भूमिकाका कारण असफल हुन पुगेको र त्यसमा माधव नेपाल लगायत नेताहरुको कुण्ठा, निहित स्वार्थ र गुटबन्दीको ठूलो भूमिका रहेको निष्कर्ष निकालेको छ।

यस्तै एमालेले पार्टीको तहगत अधिवेशनको मिति पनि तय गरेको छ ।

जसअनुसार असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरेसँगै स्थानीय र प्रदेश तहका अधिवेशन गर्ने भनिएको छ ।

भदौ ५ गते वडा अधिवेशनको मिति तोकिएको छ । भदौ १५ गते पालिका तहका कमिटीहरुको अधिवेशन र ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठनात्मक योजना तय गरिएको छ । असोज २३ गते प्रदेश अधिवेशन हुनेछ ।

मंसिर २–६ गतेसम्म दशौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : ३६ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट