संक्रमितले उपचार नपाउने अवस्था आउनुमा सरकारको चरम लापरबाही : देउवा « Khabarhub

संक्रमितले उपचार नपाउने अवस्था आउनुमा सरकारको चरम लापरबाही : देउवा


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।

शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी सभापति देउवाले मुलुकभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा रोकथाम तथा संक्रमितको उपचारमा सरकार गम्भीर नबनेको आरोप लगाएका हुन् ।

उनले भने, ‘सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको छ ।’

उनले संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुन थालेको अवस्था आउनुमा सरकारको चरम लापरबाही, असंवेदशीलता र अकर्मण्यता जिम्मेवार भएको बताएका छन् ।

उनले सररकारले न विगतको गल्तीहरुबाट  न त  नेपाली कांग्रेस तथा अन्य सरोकारवालाले दिएको सल्लाह र सुझावलाई आत्मसात गरेको बताए ।

कोरोना संक्रमण रोकथाममा सरकार पहिले नै सचेत नबन्दा मुलुकमा फेरि लकडाउन गर्ने स्थिति आएको बताए । कांग्रेस सभापति देउवाले संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न तथा अस्पतालका बेडलगायतका पूर्वाधार व्यवस्था गर्न समेत माग गरेका छन् ।

कट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षण व्यापक बनाउन तथा सीमा नाकामा अनिर्वाय पीसीआर गर्न र रिपोर्ट नआउँदासम्म होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन पनि उनले माग गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ३५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा