विश्व रेकर्ड राख्न कालापत्थरमा नेपग्याजमको कमेडी शो | Khabarhub Khabarhub

विश्व रेकर्ड राख्न कालापत्थरमा नेपग्याजमको कमेडी शो


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टेण्डअप कमेडीयनको समूह ‘नेपग्याजम कमेडी’ले ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी’ गर्ने भएको छ ।

नेपग्याजम मिडिया एण्ड प्रोडक्सनको आयोजनामा यही वैशाख २० गते हुने यो शोको लक्ष्य विश्व कीर्तिमान कायम गर्ने पनि रहेको छ ।

सर्वाधिक उचाईमा गरिन लागिएको यो कमेडी शोले नेपाल र यहाँको स्ट्याण्डअप कमेडीलाई विश्वसामु चिनाउने नेपग्याजमका संस्थापक निर्देशक ज्ञानेन्द्रराज मिश्रको दाबी छ ।

उनका अनुसार दुई वर्ष अघि नै शो गर्ने योजना बनाए पनि विश्वव्यापी कोभिड महामारीका कारण आयोजना हुन सकेको थिएन ।

एकघण्टाका मात्र सञ्चालन हुने शोमा नेपग्याजमका संस्थापक कलाकारद्वय उमेशकुमार गौतम (यूकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो) ले ३०–३० मिनेट प्रस्तुति दिनेछन् । उनीहरुले स्वस्थ र मनोरञ्जनात्मक सामग्री समेटिएको कमेडी प्रस्तुत गर्नेछन् ।

यूकेजीका अनुसार शोमा सामाजिक परिवेश, मान्छेको जीवनशैली, सामाजिक सचेतना र अहिलेको युवापुस्तालाई समेटिने विषयवस्तूहरु प्रस्तूत हुनेछन् । कार्यक्रममका लागि नेपग्याजमको ८ जनाको टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत कालापत्थर जाँदैछन् ।

आयोजकले ‘हाइएष्ट अल्टिच्युड स्ट्याण्ड अप कमेडी शो गिग अन ल्याण्ड’ शीर्षकमा रेकर्ड राख्नका लागि यो शो आयोजना गर्न लागिएको हो । शोलाई अष्ट्रेलियास्थित अल्टिमेट इन्स्टिच्यूट अफ अष्ट्रेलिया तथा निन्जाको मुख्य प्रायोजन रहेको छ भने इन्स्योरेन्स पार्टनर सूर्या लाईफ छ ।

शोको हेलिकप्टर पार्टनर सिम्रिक एयर र सह–प्रायोजन जगदम्बा मोटर्स टिभिएस र एमएन टिभी अष्ट्रेलिया रहेका छन् ।

२५ अप्रिल सन् २०१९ मा यही विधामा इटालीयन नागरिक पाउलो फ्रानसेस्चिनीले सगरमाथाको आधार शिविर ५ हजार २ सय ७० मिटरको उचाईमा स्ट्याण्डअप कमेडी गरेर गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड बनाएका थिए ।

नेपग्याजमले भने पाउलोको यो रेकर्ड तोड्न ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्याण्डअप कमेडी गर्न लागेको हो । जसका लागि गिनिज बुक अफ दी वल्र्ड रेकर्डबाट अनुमति लिइसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ५० बजे

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा

फिल्म हल आजदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म

यी भूभागमा मध्यमदेखि भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।