विराटनगरमा पनि निषेधाज्ञा जारी | Khabarhub Khabarhub

विराटनगरमा पनि निषेधाज्ञा जारी


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको विराटनगर महानगरपालिकामा एक साता निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो । उनका अनुसार निषेधाज्ञाको अवधि एक साताको हुनेछ ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको उनले बताए । अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाले पनि निषेधाज्ञा जारी गरेको छ । आइतबार रातिबाट लागु हुनेगरी एकसातासम्म निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार बिहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : ५८ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले