अफगानिस्तानका १६ प्रान्तमा विद्यालयहरु बन्द « Khabarhub

अफगानिस्तानका १६ प्रान्तमा विद्यालयहरु बन्द


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल(सिन्ह्वा)- अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालयहरु कोभिड १९ को प्रभावका कारण बन्द गरिएको छ ।

यहाँको सरकारले शनिबार सो घोषणा गरेको हो । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको हो । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार यहाँका ३४ ओटा प्रान्तमध्ये १६ ओटा प्रान्तका सम्पूर्ण विद्यालयहरु शनिबारदेखि बन्द गराएको छ ।

अफगानिस्तानको सरकारले शनिबार यस विषयमा जानकारी गराएको हो । यहाँका १६ ओटा प्रान्तका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको छ ।

यहाँका ती प्रान्तहरुमा पछिल्लो समयमा कोभिड १९ को असर झन् बढ्दै जान थालेपछि सो निर्णय गरिएको हो । अफगानिस्तानमा पछिल्लो समयमा कोभिडको प्रभाव झन् बढ्दै गएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अफगानिस्तानमा कोभिडका संक्रमितको संख्या शुक्रबार सम्म ७० हजार भन्दा बढी पुगेको छ । शुक्रबार मात्र यहाँ ९७७ जना नयाँ संक्रमित भेटिएका थिए ।

यो संख्या अफगानिस्तनमा गत वर्षको फेब्रुअरीदेखि शुरु भएको संक्रमणको सबैभन्दा बढी हो ।

यहाँ एकै दिन यतिधेरै संख्याका संक्रमित भेटिएपछि सरकारले शनिबारदेखि देशको आधाभन्दा बढी क्षेत्रका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराएको हो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ७ : २५ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान