काठमाडौँ- कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जापानले नौ प्रान्तमा लगाएको संकटकाल तीन साता थपेको छ ।
कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।
स्वास्थ्य संकटकालमा त्यहाँका रेस्टुरेन्टहरुलाई मदीरा बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ भने विद्यालय बन्द नै रहनेछन् । यस्तै भेला तथा सम्मेलनमा पनि प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया