बजेटमा सुरुङ नै सुरुङ « Khabarhub

बजेटमा सुरुङ नै सुरुङ


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङ मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङ मार्गको युगमा प्रवेश गरेको सरकारको ठहर छ ।

यससँगै आधुनिक सरुङ मार्ग  नेपालका लागि सपना नभई वास्तविकतामा रूपान्तरित हुन थालेको पनि सरकारको ठहर छ ।

अब बन्ने सडकमा सुरुङ प्रविधिको प्रयोग महत्वका साथ अवलम्बन गरिने भएको छ ।

काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ मार्ग निर्माण कार्यलाई तीव्रता दिएर दुई वर्षभित्रमा सञ्चालनमा ल्याइने भएको छ । यस आयोजनाका ९ अर्ब ८५ करोढ रुपैयाँ छुट्याइएको छ ।

निर्माणाधीन नागढुङ्गामा सुरुङ मार्गबाट उत्साहित भएको सरकारले थप १६ वटा सुरुङ मार्गको योजना अघि सारेको छ । चार वटा सुरुङ मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमै शुरू हुनेछ ।

आगामी आर्थिक वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा—दोभान, दोलखाको लामाबगर—लाप्चे र  धरान—धनकुटा सडक खण्डको धरान—लेउती सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरेको जनाइएको छ ।

काठमाडौँ कोटेश्वरको तीनकुने—जडिबुटी खण्डमा पनि आगामी आर्थिक वर्षमै सुरुङ मार्ग निर्माण शुरू हुने भएको छ । यसका लागि एक अर्ब ८० करोड रुपैयाँ छुट्याइएको छ ।

यसैगरी टोखा—छहरे—गुर्जुभज्याङ, वेत्रावती—स्याफ्रुवेशी, खुर्कोट—चियाबारी र थानकोट—चित्लाङ सरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य पनि आगामी आर्थिक वर्षमै प्रारम्भ गर्ने जनाइएको छ ।

पृथ्वी राजमार्गको मझिमटार—शक्तिखोर, पोखरा—बाग्लुङ राजमार्गको हेम्जा—नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ—वाङसिङ, पूर्व–पश्चिम राजमार्गको दुम्कीवास–वर्दघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ ।

कोहलपुर—सुर्खेत राजमार्गको बबई—छिन्चु, सुर्खेत—दैलेख सडकको सियाकोट—कपासे, पाल्पा—तम्घास सडकको प्रभास—जोर्ते र बीपीनगर–दिपायल खण्डमा पनि सरुङमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमै सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : २५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण