कोरोना संक्रमणले पत्रकार महासङ्घ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु « Khabarhub

कोरोना संक्रमणले पत्रकार महासङ्घ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ ।

गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४:३० बजे निधन भएको हो ।

श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शनिबार निधन भएको उनको उपचारका लागि सहयोग सङ्कलनमा सक्रिय नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले जानकारी दिए ।

उनको पार्थिव शरीरलाई गएराति नै फिदिम–४ माझीटारस्थित हेवाघाटमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले शनिबार बेलुकी शोक वक्तव्य जारी गर्दै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थायी घर भई विगत डेढ दशकभन्दा लामो समयदेखि फिदिममा रहेर भण्डारी पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा क्रियाशील थिए । नेपाल ट्रेड युनियन कांग्रेस पाँचथरका उपाध्यक्षसमेत रहेका भण्डारी फिदिमस्थित कञ्चनजङ्घा एकेडेमी माध्यमिक विद्यालयमा प्राध्यापनरत थिए ।

भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन् । निडर, हक्की र स्पष्ट स्वभावका भण्डारीको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लाको समग्र सञ्चार क्षेत्रले एक नक्षत्र गुमाएको महासङ्घ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ४० बजे

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ