सरकारले जनमतको उपहास गर्‍यो, प्रचारमुखी बजेट ल्यायो : साना दल « Khabarhub

सरकारले जनमतको उपहास गर्‍यो, प्रचारमुखी बजेट ल्यायो : साना दल


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने साना दलका सांसदले सरकारले नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई नै उपहास गर्ने ढङ्गले जनमत(संसद्)लाई छलेर चुनाव र प्रचारमुखी बजेट ल्याएको आरोप लगाए ।

सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष२०७८/७९ को बजेटलाई उनीहरुले अल्पमतको काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नै नभएको अवस्थामा सस्तो लोकप्रियता र निर्वाचनका लागि प्रचारमुखी बजेट ल्याएको प्रतिक्रिया दिए ।

राष्ट्रिय जनमोर्चाकी नेत्री एवं निवर्तमान सांसद दुर्गा पौडेलले संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य मान्यता विपरीत संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याइनु भनेको लोकतन्त्र र गणतन्त्रको जगलाई नै भत्काउने प्रयास मात्र नभई अत्यन्तै खतरनाक विषय भएको टिप्पणी गरे ।

उनले भने, “बजेट दल विशेषको सस्तो लोकप्रियता र निर्वाचनका लागि प्रचारमुखी छ । अल्पमतको काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार छैन, यो अधिकारभन्दा बहिरको कुरा हो । मेरोपार्टीले यसको विरोध गरेको छ । चुनावलाई आधार बनाएर प्रचारका लागि ल्याइएको प्रष्टछ, कार्यान्वयन हुन्छ भन्ने सुनिश्चित पनि छैन ।”

कोभिड– १९ सङ्क्रमण रोकथामका लागि सांसद विकास कोष पूर्वाधार विकास कार्यक्रम आवश्यक नभएकाले महामारी नियन्त्रणमा उक्त शीर्षको बजेट लगाउन सुझाव दिएको प्रसङ्ग उल्लेख गर्दै नेत्री पौडलले कोरोना नियन्त्रणलाई छुट्याएको बजेट पूर्णरूपमा कार्यान्वयनमा जान सकोस् भने ।

स्वतन्त्र निवर्तमान सांसद छक्कबहादुर लामाले लोकतान्त्रिक शासन पद्धतिमा विपक्षी दलहरुलाई समेटेर जानु पर्नेमा सरकारले एकपक्षीयरूपमा ल्याएको बजेट आमजनताको जनजीविका र राष्ट्रले सम्बोधन गर्नुपर्ने प्राथमिकताका विषय नसमेटिएको टिप्पणी गरे ।

उनले भने, “बहुवर्षीय आयोजनाका रूपमा रहेको कर्णाली कोरिडोरबाहेक कर्णालीलगायतका दुर्गम क्षेत्रको विकास सन्दर्भमा यो वर्षको बजेट पनि उधारोजस्तो देखियो, कर्णाली क्षेत्रमा धेरै ठाँउमा पुल आवश्यक छ, त्यो भएन, जडीबुटी विकासका सम्बन्धमा कुन ठाउँमा के स्थापना र विकास गरिनुपर्छ भनेर यकिन हुनुपर्थ्यो, ती कुरा आएन । सामाजिक भत्ता बढाउनु राम्रै कुरा भएपनि धेरै आश्वासन आएकाले बजेटले चुनावी रहेको देखाउँछ । कारोनाले गर्दा कर र राजश्व उठाउन पनि गाह्रो छ ।”

जनता समाजवादी पार्टीका नेता एवं निवर्तमान सांसद रामबाबुकुमार यादवले जनतालाई अलमल्याउने ढङ्गबाट आएको बजेट ज्येष्ठ नागरिक भत्ताबाहेक अरु कार्यान्वयनमा जाने सम्भावना कहीँ कतै नदेखिएको प्रतिक्रिया दिए ।

उनले भने, “बजेटले मुलुक र जनतालाई थप ऋणभारमा धकेल्नेछ, कोरोनाको महामारीमा राजश्व लक्ष्य प्राप्ति गर्नै सक्दैन । चुनावको कल्पना गरेर सस्तो लोकप्रियताको लागि बजेट ल्याइएको छ । तीन वर्षदेखि घोषणा गरिएको बजेट कति कार्यान्वयन भएको छ त ! पूर्ण बजेट नै ल्याउन हुन्नथ्यो ।”

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यँलयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडलद्वारा प्रस्तुत बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्याहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासकारूपमा हेरिएको प्रतिक्रिया दिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १ : ०५ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा