सरकारका असंवैधानिक कामको प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय « Khabarhub

सरकारका असंवैधानिक कामको प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनले सरकारका असंवैधानिक कामको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको बैठकमा कांग्रेसका नेताहरूसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।

सरकारले ल्याएको बजेटबारे पनि बैठकमा समीक्षा भएको थियो। सरकारले अध्यादेशबाट बजेट ल्याएकोमा उनीहरूले आपत्ति जनाएका छन्।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ०८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण