कोभिडविरुद्धको खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिविको आग्रह « Khabarhub

कोभिडविरुद्धको खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिविको आग्रह


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ खोप लगाउन नपाएका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ ।

नेपाल सरकारले विगतका दिनहरूमा कोभिड १९ को पहिलो र दास्रो डोज खोपको लगाउन नपाएका व्यक्तिहरूका लागि अनलाइन माध्यमबाट कोभिड १९ को पहिलो डोज खोपको लागि स्वैच्छिक आवेदन फारम भर्ने भराउने कार्य शुरु गरेको हुँदा त्रिविले उक्त आग्रह गरेको हो ।

खोप नलगाएका त्रिविमा अध्ययन, अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचरी र विद्यार्थीलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब पेजमा गई तोकिएका बमोजिम फारम भर्न त्रिविले अनुरोध गरेको छ ।

त्रिविले शनिबार एक सूचना जारी गर्दै विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले विश्वविद्यालयमा अपुरणीय क्षति पुर्‍याएको भन्दै खोप लगाउन छुटेका सबैलाई खोपको लागि फारम भर्न आग्रह गरेको हो ।

महामारीबाट सुरक्षित रहन नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्डहरू अनिवार्य रुपमा पालना गर्न गराउने आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई त्रिविले सुचनामार्फत आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ३० बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी