बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा | Khabarhub Khabarhub

बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा



काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/८९ को वार्षिक बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा उच्च प्राथमिकतामा परेको छ ।

झापाको दमकमा ‘बहुतले बसपार्क’ सहितको सिटी पार्क निर्माण गर्न बजेट छुट्ट्याएइको छ । दमकमै गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज’ स्थापना गरिने भएको छ । दमकमै अन्तर्राष्ट्रिय स्तरको ‘मदन भण्डारी रङ्गशाला’ निर्माण गरी दुई वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ ।

कमल गाउँपालिकामा यसअघि ‘आदिवासी रङ्गशाला’ नाम राखेर निर्माण थालिएकोमा मदन ‘भण्डारी रङ्गशाला’ नाम राख्ने भनिएपछि विवाद भएर काम रोकिएको छ । ‘मदन भण्डारी रङ्गशाला’ नाममा दमकको वडा नं. ३ मा निर्माण हुने भएको छ ।

यसै गरी दमकमै आगामी दुई वर्षमा ‘औद्योगिक क्षेत्र’ को पूर्वधार निर्माण गरिने भएको छ । ‘औद्योगिक क्षेत्र’ को पूर्वधार निर्माणका लागि मकवानपुरको मयुरधाप, रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजी पनि छानिएका छन् ।

दमकमा ‘ढल प्रशोधन केन्द्र’ निर्माण गरिने भएको छ । जनकपुर, वीरगञ्ज र नेपालगञ्ज सहितका अन्य सात वटा शहरमा पनि ‘ढल प्रशोधन केन्द्र’ निर्माण गरिने भएको छ ।

झापाको मेचीनगरमा ‘कृषि थोक बजार’ स्थापना गरिने भएको छ । शिवसताक्षी नगरपालिका–७ मा रहेको चन्द्रडाँगी कृषि फर्मलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरी सञ्चालनमा ल्याइने भएको छ ।

भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न बजेट छुट्ट्याइएको छ । नदी कटानबाट संरक्षणका लागि म्याग्दीको बेनी, डोल्पाको दुनै, बझाङको चैनपुर र दार्चुलाको खलङ्गा पनि छानिएका छन् ।

विर्तामोड–चन्द्रगढी नगरपालिकालाई मेगा सिटीमा विकास गरिने भएको छ । मेगा सिटीका लागि धरान–इटहरी, जानकपुर–ढल्केवर, बुटवल–भैरहवा, कोहलपुर–नेपालगञ्ज र अत्तरिया–धनगढी पनि छानिएका छन् ।

झापामै पानी ट्याङ्की (भारत) देखि काँकडभिट्टा हुँदै चारआलीसम्म पेट्रोलियम पाइपलाइन विछ्याएर तीन वर्षभित्र सञ्चानमा ल्याइने भएको छ । यता अमलेखगञ्जदेखि लोथरसम्म पनि पेट्रोलियम पाइपलाइन विछ्याइने भएको छ ।

झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति गरिने भएको छ । राजविराज, तुम्लिङटार, जनकपुर, धनगढी लगायतका विमानस्थल पनि स्तरोन्नतिका लागि छानिएका छन् ।

झापाको निर्वाचन क्षेत्र नं. ५ मा पर्ने गौरीगञ्जलाई ‘प्रविधिमैत्री स्मार्ट सिटी’ रूपमा विकास गरिने भएको छ । गौरीगञ्ज प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो ।

समृद्ध तराई मधेश सिँचाइ कार्यक्रम लागु हुने २५ जिल्लामा झापा पनि समावेश छ । स्थानीय तहमार्फत उत्पादनशील उपयोग गर्न नदी नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने योजनामा कन्काई र रतुवा खोला पनि परेका छन् । जनताको तटबन्धन कार्यक्रम लागु गर्न मावा र बिरिङ खोला परेका छन् । मोरङको बक्राहा पनि तटबन्धमा परेको छ ।

यस्तै प्रदेश र स्थानीय तहको साझेदारीमा भद्रपुर–विर्तामोड विद्युतीय बस सञ्चालन गर्ने योजना पनि बजेटमा परेको छ ।

तस्वीर : जीवन चुँडाल

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १ : १२ बजे

नेपाललाई जितका लागि १०७ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्यान्डले नेपाल

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दो

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

चितवन– भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रूपमा देखा परेको ‘ट्रोपिलाप्सिस माइट’

घर निर्माणको अनुमति अब अनलाइनबाटै

काठमाडौं- सहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को