यस्तै प्रश्न उठाउँदै जाने हो भने कुनै पनि न्यायाधीश बाँकी रहनुहुन्न : महान्यायाधिवक्ता « Khabarhub

यस्तै प्रश्न उठाउँदै जाने हो भने कुनै पनि न्यायाधीश बाँकी रहनुहुन्न : महान्यायाधिवक्ता


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलास गठनमा विपक्षीले प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको महान्यायाधिवक्ता बडालको आरोप छ ।

यसरी प्रश्न उठाउने हो भने त सर्वोच्चमा रहेका न्यायाधीशमध्ये अधिकांशले सरकारको विपक्षमा आदेश गरेकाले प्रधानमन्त्रीलाई विपक्षी बनाएको मुद्दा कसैले पनि हेर्न नमिल्ने उनले बताए ।

आइतवार संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ बस्न हुने कि नहुने भन्ने विषयमा भएको बहसको जवाफका क्रममा महान्यायाधिवक्ता बडालले विपक्षीले अनावश्यक माग राखेको बताए ।

‘विपक्षीले उठाएको प्रश्नमा जाने हो भने हामी पनि निवेदन दिन्छौं २० जना श्रीमान् नै यो मुद्दाका लागि ठीक हुनुहुन्न,’ बडालले भने ।

रिट निवेदकमध्येकै केहीले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भयो भनेर लेखेको स्मरण गर्दै बडालले त्यसले अदालतलाई दबाब दिने काम गरेको जिकिर गरे ।

‘स्वच्छ बहस भएको छैन । उहाँहरूले मिडिया ट्रायल गर्नुभएको छ । मलाई मिडिया ट्रायल गरेको भन्ने ? उहाँहरूलाई मैले कानूनबमोजिम सम्झाएको हुँ,’ बडालले भने ।

त्यसअघि बहसका क्रममा रमन श्रेष्ठले महान्यायाधिवक्ताले मिडियामा अन्तर्वार्ता दिएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ३ : २२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको