संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएका हौँ, कार्यान्वयन गरेर देखाउँछौँ : अर्थमन्त्री « Khabarhub

संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएका हौँ, कार्यान्वयन गरेर देखाउँछौँ : अर्थमन्त्री


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ ल्याएको दाबी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको बजेटका सन्दर्भमा आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गरे । उनले कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्ने भएकाले त्यसैअनुरुप बजेट केन्द्रित गरिएको जानकारी दिए । मन्त्री पौडेलले कोभिड विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोप सेवा उपलब्ध गराउन केन्द्रित भएर लाग्ने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएकाले कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको धारणा राखे ।

उनले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले कोरोनाले असर पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने योजना अनुरुप बजेट ल्याइएको धारणा राखे ।

शनिबार सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ५ : ३८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज