निर्वाचनका लागि यथेष्ट बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री « Khabarhub

निर्वाचनका लागि यथेष्ट बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग जोडिएका तीन वटा अध्यादेश जारी गरेपछि मन्त्री पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

अर्थमन्त्रीले निर्वाचन लोकतन्त्रको प्राण भएकाले त्यसका लागि यथेष्ट बजेट विनियोजन भएको जानकारी दिए । नयाँ सरकार गठनको सबै विकल्प सकिएपछि प्रतिनिधिसभा विघटन भएको तथ्य पेश गर्दै उनले निर्वाचन राष्ट्रिय अभिभारा भएकाले त्यसलाई सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

अर्थमन्त्रीले भने, “स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन गराउन हामी प्रतिवद्ध छौँ । बजेटले निर्वाचनलाई यथेष्ट महत्व दिएको छ । आवश्यक बजेट विनियोजन गरिएको छ ।” सरकारले आगामी कात्तिक २६ गते र मङ्सिर ३ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

उनले सरकारले संविधानसम्मत रूपमा नै बजेट ल्याएको समेत उल्लेख गरे । “कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन, ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने बहस सुनियो । यो बहस हुनुलाई मैले सकारात्मक रूपमा लिएको छु”, अर्थमन्त्रीले भने, “सरकारले संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो । यस्तो सङ्कटको बेला बजेट नल्याउने भन्ने कुरा सान्दर्भिक हुँदैन ।”

आगामी आवको बजेटप्रति यथेष्ट रूपमा सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्दै अर्थमन्त्रीले कार्यान्वयनमा प्रश्न उठेको भए पनि सरकार वस्तुनिष्ठ कार्यान्वयनका लागि लागिपर्ने विश्वास दिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : १५ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका