स्वास्थ्यमा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्यकर्मी खुशी « Khabarhub

स्वास्थ्यमा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्यकर्मी खुशी


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणदेखि बिरामीको उपचारमा सधै अग्रपङ्क्तिमा खटिने जिल्लाका स्वास्थ्यकर्मीहरु सरकारले ल्याएको बजेटप्रति निकै खुशी भएका छन् । सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेपछि उनीहरु खुशी भएका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य क्षेत्रको रु एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताएपछि डोटीका स्वास्थ्यकर्मीहरु निकै खुशी भएको जिल्ला स्वास्थ्य कार्यालयका परिवारनियोजन निरीक्षक सूर्य विष्टले बताए । उनले भने, “पछिल्लो समय सबै क्षेत्रबाट स्वास्थ्यकर्मी जोखिममा थिए, सरकारले हाम्रा पीडा मर्का बुझेर बजेट ल्याएकाले अब काम गर्नमा झनै हौसला प्रदान भएको छ ।”

पछिल्लो समय विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण आफ्नो ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रमा सरकारले बजेट वृद्धि गरेपछि खुशी भएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विधि भण्डारीले बताइन् । उनले भनिन्, “कोरोना कहरको समयमा पनि घरपरिवार नभनेर बिरामी बचाउनमा लागेका थियौँ, सरकारले हाम्रो पीडा बुझेर सम्बोधन गरेको छ, हामी खुशी छौँ ।”

सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । कोभिड–१९ विरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड समेत बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको रकम यथाशक्य कार्यान्वयनमा ल्याउन समेत डोटीका स्वास्थ्यकर्मीले माग गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ३० बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले